प्रधानमन्त्री प्रचण्डसँग सार्क महासचिवको बिदाइ भेट, बेलायती राजदूत पनि पुगे बालुवाटार

बिजमाण्डू
२०८० भदौ १३ गते १३:२२ | Aug 30, 2023
प्रधानमन्त्री प्रचण्डसँग सार्क महासचिवको बिदाइ भेट, बेलायती राजदूत पनि पुगे बालुवाटार


काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन्।

Tata
GBIME

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रसंशा गरेका थिए।

यस्तै, प्रधानमन्त्री प्रचण्डसँग आजै नेपालका लागि बेलायतका नवनियुक्त राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो।

छलफलमामा नेपाल र बेलायतबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री दाहालसँग पहिलो पटक भेटवार्ता गरेका हुन्।