एसिया कप क्रिकेट: नेपाल र पाकिस्तान भिड्नुअघि मुलतानमा त्रिशला गुरुङको सांगीतिक प्रस्तुति

बिजमाण्डू
२०८० भदौ १३ गते १२:३२ | Aug 30, 2023
एसिया कप क्रिकेट: नेपाल र पाकिस्तान भिड्नुअघि मुलतानमा त्रिशला गुरुङको सांगीतिक प्रस्तुति


काठमाडौं। बुधवार इस्लामावादमा १६ औं संस्करणको एसिया कपको उद्‍घाटन समारोह हुँदैछ। नेपाली समय अनुसार दिउँसो ३:१५ बजे विश्व नम्बर १ पाकिस्तान र नेपालले मुल्तान क्रिकेट स्टेडियममा खेल्दैछन्।

Tata
GBIME
NLIC

उद्‍घाटन खेलअघि मुलतान क्रिकेट स्टेडियम भव्य सांगीतिक कार्यक्रम हुँदैछ। सो समारोहमा नेपाली कलाकारहरुले पनि प्रस्तुति दिँदैछन्।

नेपाली गायिका त्रिशला गुरुङले ३५ हजार दर्शक अट्ने स्टेडियममा आज प्रस्तुति दिनेछिन्। उनले पाकिस्तानी गायिका ऐमा बेगसँग प्रस्तुति दिने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।

यद्यपि, त्रिशलाले प्रस्तुति दिने गीतको प्रत्यक्ष प्रसारणबारे भने अन्योल छ। त्रिशलाले अन्तर्राष्ट्रिय प्रसारण नीतिका कारण नेपाली गीत गाएको प्रत्यक्ष प्रसारण हुन नसक्ने बताएकी छन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ।

कभर गीत गाएर चर्चामा आएकी त्रिशला पेसाले चिकित्सक हुन्। उनले ‘यात्री’, ‘काठमाडौं शहर’, ‘सजाउ’, ‘होला त के?’ भन्ने गीत गाएकी छन्।

त्रिशलासँगै सा‌ंगीतिक प्रस्तुति दिने बेग पाकिस्तानकी चर्चित नयाँ पुस्ताकी गायिका हुन्। उनको इन्स्टाग्राममा ६० लाख बढी फलोअर्स छन्।

एसिया कपमा ६ टोलीको सहभागिता छ। जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्।

उद्‍घाटन समारोह मुल्तान क्रिकेट पौने ३ बजेबाट सुरु हुने बताइएको छ। खेल सवा ३ बजे सुरु हुनेछ।