महालक्ष्मी विकास बैंकले अनलाइन सेवालाई परिष्कृत गर्‍यो, यी सेवाहरु अब अनलाइनबाटै लिन सकिने

बिजमाण्डू
२०८० भदौ १३ गते ११:३५ | Aug 30, 2023
महालक्ष्मी विकास बैंकले अनलाइन सेवालाई परिष्कृत गर्‍यो, यी सेवाहरु अब अनलाइनबाटै लिन सकिने


काठमाडौं। महालक्ष्मी विकास बैंकले अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ।

Tata
GBIME

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै खाता खोल्न, केवाइसी अद्यावधिक गर्न, नयाँ डेबिट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ, नयाँ लकर र मर्चेन्ट (क्यूआर) आवेदन र डिस्प्युट क्लेम जस्ता सेवा पाउने बैंकले जनाएको छ।

बैंकको आधिकारिक वेबसाइटमार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्ने बताइएको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको जनाएको छ।