
काठमाडौं। हिरो मोटोकर्पले आफ्नो करिज्मा एक्सएमआर बाइकलाई ३ वर्षपछि नयाँ मोडलमा फेरि बजारमा ल्याएको छ। कम्पनीले नयाँ करिज्मा मंगलबार भारतमा सार्वजनिक गरेको हो।
यसमा कम्पनीले पहिलो लिक्वीड-कुलिङ एण्ड डुअल- च्यानल एबीएस प्रविधिको सुविधा छ। यसको मूल्य भारतमा भारु १ लाख ७२ हजार रुपैयाँ तोकिएको छ। साथै यसको बुकिङ पनि खुलाइएको छ।
यसमा २१० सीसी लिक्वीड-कुल्ड सिंगल सिलिन्डर इन्जिन उपलब्ध छ। यसले ९२५० आरपीएममा २५.५ हर्सपावरका साथ ७२५० आरपीएममा २०.४ एनएम टर्क उत्पादन गर्न सक्छ।
यसमा ६ स्पिडको गियरबक्स उपलब्ध छ। यो नयाँ लिक्विड-कूल्ड इन्जिन एक स्टिल ट्रेलिस फ्रेम भित्र राखिएको छ। साथै यसमा टेलिस्कोपिक फोर्क र एक प्रिलोड समायोजन मोनोशक जडान गरिएको छ।
ब्रेकिङ सिस्टमा अगाडि ३०० एमएम डिस्क र पछाडि २३० एमएमको रोटरको सुविधा छ। करिज्मा एक्सएमआर डुअल च्यानल एबीएस प्राप्त गर्ने पहिलो हिरो मोटरसाइकल पनि हो।
हिरोले करिज्मा एक्सएमआरलाई एकदमै सुविधायुक्त बाइक बनाउने कोसिस गरेको छ। यसमा सेग्मेन्टकै फर्स्ट एडजस्टेबल विन्डस्क्रिन, ब्लुटुथ कनेक्टिभिटीसहितको एलसीडी ड्यास, टर्न-वाई-टर्न नेभिगेसन डिजाइनमा निर्माण गरिएको छ।
सबै एलईडी लाइट एक्सएमआरमा स्ट्यान्डर्ड छ। यो तीन पहेंलो, रातो र म्याट कालो कलरहरूमा उपलब्ध छ।