‘गदर २’लाई घरेलु बक्स अफिसमा ठूलो सफलता, १९औँ दिनमा कमायो ५ करोड भारु

बिजमाण्डू
२०८० भदौ १३ गते ०८:२१ | Aug 30, 2023
‘गदर २’लाई घरेलु बक्स अफिसमा ठूलो सफलता, १९औँ दिनमा कमायो ५ करोड भारु


सनी देओलको मुख्य भूमिका रहेको ‘गदर २’ ले घरेलु बक्स अफिसमा ठूलो सफलता पाइरहेको छ। स्याकनिल्क डट कमका अनुसार गदर २ ले भारतमा १९औँ दिनमा ५ करोड भारुभन्दा बढी कमाएको छ

Tata
GBIME

अनिल शर्माको फिल्ममा अमिषा पटेल पनि मुख्य भूमिकामा छिन्। ‘गदर २’ अगस्ट ११ मा रिलिज भएको थियो।

स्याकनिल्क डट कमका अनुसार ‘गदर २’ ले १९औँ दिनमा मंगलबार भारतमा ५.१० करोड नेट कमाएको प्रारम्भिक अनुमान छ। फिल्मको पहिलो र दोस्रो हप्ताको कलेक्सन क्रमशः २८४.६३ करोड भारु र १३४.४७ करोड भारु थियो।

फिल्मले शुक्रबार ७.१ करोड भारु, शनिबार १३.७५ करोड भारु, आइतबार १६.१ करोड भारु र सोमबार ४.६० करोड भारु कमाएको थियो। हालसम्म फिल्मको कुल बक्स अफिस कलेक्सन ४६५.७५ करोड भारु रहेको छ।

फिल्मले ४०० करोड कमाएपछि सनीले इन्स्टाग्राममा आफ्नो खुसी व्यक्त गरेका थिए।

भिडियो सेयर गर्दै सनीले भनेका छन्, ‘गदर २ लाई मन पराउनु भएकोमा सबैलाई धन्यवाद। यस्तो होला भनेर मैले सोचेको थिइनँ। हामीले ४०० करोड पार गरिसकेका छौं र अझ अगाडि बढ्ने क्रममा छौँ। यो तपाईंहरुकै कारणले सम्भव भएको हो। तपाईंहरू सबैले फिल्मलाई मन पराउनुभयो। तपाईंहरु सबैले तारा सिंह, सकीना र सम्पूर्ण परिवारलाई मन पराउनुभयो। धन्यवाद।’