एसिया कपका लागि भारतीय क्रिकेट टोली घोषणा, नेपालविरुद्ध खेल्ने टोलीमा को को छन्?

बिजमाण्डू
२०८० भदौ ४ गते १६:४२ | Aug 21, 2023
एसिया कपका लागि भारतीय क्रिकेट टोली घोषणा, नेपालविरुद्ध खेल्ने टोलीमा को को छन्?

काठमाडौँ: एसीसी एसिया कप क्रिकेटका लागि भारतीय टोली घोषणा भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सोमबार रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ। अनुभवी रोहितका साथै विराट कोहली, मोहम्मद शामी, जसप्रित बुमराहलगायत टोलीमा रहँदा युवा खेलाडी इशान किशन र तिलक बर्माले पनि स्थान बनाएका छन्। भर्खरै चोटमुक्त भएका केएल राहुल र श्रेयस ऐय्यर पनि टोलीमा परेका छन्। त्यस्तै रिजर्भमा सञ्जु सामसन छन्।

भारतीय टोली
रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस ऐय्यर, केएल राहुल, सूर्यकुमार यादव, तिलक बर्मा, इशान किशन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, कुलदीप यादव, प्रसिद कृष्णा।

एसिया कपको समूह ‘ए’ मा सबै टोलीले टोली घोषणा गरिसकेका छन्। नेपाल र पाकिस्तानले यसअघि नै टोलीको घोषणा गरेका थिए। नेपालले पहिलो खेल भदौ १३ गते पाकिस्तान र १८ गते भारतसँग खेल्नेछ।