महिला विश्‍वकपको उपाधि स्पेनलाई, इङ्ग्ल्याण्डलाई पराजित गर्दै पहिलोपटक बन्यो च्याम्पियन

बिजमाण्डू
२०८० भदौ ३ गते १८:३९ | Aug 20, 2023
महिला विश्‍वकपको उपाधि स्पेनलाई, इङ्ग्ल्याण्डलाई पराजित गर्दै पहिलोपटक बन्यो च्याम्पियन
Photo by Cameron Spencer/Getty Images/FIFA


स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि जितेको छ। फिफा महिला विश्वकपको आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई १-० गोलअन्तरले हराउँदै स्पेन च्याम्पियन बनेको हो।

Tata
GBIME

स्पेनको जितमा ओल्गा कारमोनाले निर्णायक गोल गरिन्। उनले खेलको २९ औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन्। दोस्रो हाफमा अग्रता दोब्बर बनाउने अवसरमा स्पेन चुकेको थियो। खेलको ६९ औं मिनेटमा मारियो हरमोसोले पेनाल्टीमा पाएको अवसरमा गोल गर्न चुकिन्। यसका बावजुत स्पेन च्याम्पियन बन्न सफल भयो।

स्पेन समूह ‘सी’ मा २ जित र १ हार बेहोर्दै नकआउट चरणमा पुगेको थियो। स्वीजरल्याण्डमाथि ५-१ गोलको फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गर्न नेदरल्याण्ड्सलाई २-१ गोलले हराएको थियो।

सेमिफाइनलमा स्पेनले स्वीडेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।