तारागाउँ रिजेन्सीको नाफामा उल्लेख्य सुधारसँगै प्रति सेयर आम्दानी शतप्रतिशत वृद्धि

बिजमाण्डू
२०८० भदौ १ गते १२:४१ | Aug 18, 2023
तारागाउँ रिजेन्सीको नाफामा उल्लेख्य सुधारसँगै प्रति सेयर आम्दानी शतप्रतिशत वृद्धि

काठमाडौं। तारागाउँ रिजेन्सी होटलको नाफामा उल्लेख्य सुधार छ। वित्तीय विवरणअनुसार  गत आर्थिक वर्ष कम्पनीले ३८ करोड २६ लाख खुद नाफा आर्जन गरेको छ।

Tata
GBIME
Nepal Life

यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा शतप्रतिशत वृद्धि हो। अघिल्लो वर्ष कम्पनीले खुद नाफाबापत् १९ करोड ५ लाख आर्जन गरेको थियो।

कम्पनीले गत वर्ष उल्लेख्य व्यापार गरेको छ। कम्पनीको संचालन आम्दानीमा देखिएको सुधारका कारण नाफा बढेको हो। कम्पनीले गत वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आम्दानी करिब शतप्रतिशतले नै वृद्धि गरेको छ।

कम्पनीले गत वर्ष १ अर्ब ३८ करोड संचालन आम्दानी आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९९.७१ प्रतिशतले बढी हो। कम्पनीले अघिल्लो आर्थिक वर्ष ६९ करोड २६ लाख सञ्चालन आम्दानी गरेको थियो।

गत वर्षको तुलनामा कम्पनीको कुल आम्दानी पनि अघिल्लो वर्षको तुलनामा ८४.९८ प्रतिशतले बढेर १ अर्व ५७ करोड पुगेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्ष ८४ करोड कुल आम्दानी गरेको थियो।

नाफामा देखिएको वृद्धिका कारण प्रति सेयर आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ। कम्पनीको हालको प्रतिसेयर आम्दानी २०.२८ रुपैयाँ छ। अघिल्लो आर्थिक वर्ष १०.१० रुपैयाँ थियो। यस्तै हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १२७.२४ छ।

गत असारसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ८८ करोड छ भने जगेडामा ६५ करोड ७७ लाख छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडाको रहेको रकम ५१ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष ४३ करोड ३९ लाख थियो।