साँगु खोला-१ जलविद्युत आयोजनाले ३३ केभी प्रसारणलाइन निर्माण गर्दै, १२ महिना पूरा गर्ने लक्ष्य

बिजमाण्डू
२०८० भदौ १ गते ०९:०२ | Aug 18, 2023
साँगु खोला-१ जलविद्युत आयोजनाले ३३ केभी प्रसारणलाइन निर्माण गर्दै, १२ महिना पूरा गर्ने लक्ष्य


काठमाडौं। साँगु खोला-१ जलविद्युत आयोजनाले ३३ किलोभोल्ट प्रसारणलाइन निर्माण गर्ने भएको छ।

Tata
GBIME

निर्माणाधीन साँगु खोला-१ जलविद्युतको स्वीचयार्डदेखि निर्माणाधीन साँगु खोला जलविद्युत आयोजनाको स्वीचयार्डसम्म प्रसारणलाइन निर्माण गर्न लागेको हो। साँगु खोला-१ आयोजना दोलखाको विगु गाउँपालिका-६ मा निर्माणाधीन छ।

आयोजनाले प्रसारणलाइन निर्माणको अनुमतिपत्र माग गर्दै विद्युत विकास विभाग समक्ष आवेदन दिएको थियो। विभागले अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/प्रतिक्रिया दिन सरोकारवाला निकायहरुलाई अनुरोध गरिएको छ।

यो प्रसारणलाइन निर्माण हिम पर्वत हाइड्रोपावर लिमिटेडले गर्नेछ। सिंगल सर्किटको यो प्रसारणलाइनले ५.५ मेगावाटसम्म विद्युत प्रसारण गर्न सक्छ। प्रसारणलाइनमा १२९ वटा पोलहरु रहनेछन्।

निर्माण थालेको १२ महिनामा पूरा गर्ने लक्ष्य छ।