पोखरामा ‘बाराही सेदी’को निर्माण आधा सकियो, क्यासिनोसहितको होटल दुई वर्षमा तयार हुने

बिजमाण्डू
२०८० साउन ३२ गते १२:३० | Aug 17, 2023
पोखरामा ‘बाराही सेदी’को निर्माण आधा सकियो, क्यासिनोसहितको होटल दुई वर्षमा तयार हुने


काठमाडौँ। बाराही समुह अन्तर्गत ‘बाराही सेदी’ को संरचना निर्माण करिब आधा सकिएको छ। समुहले आउँदो सन् २०२६ बाट यो होटल संचालनमा ल्याउन लागेको होटलको ४७ प्रतिशत काम सकिएको कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए।

Tata
GBIME

‘पोखरामा नेपालीसँगै हाइ इण्ड पर्यटक लक्षित बाराही सेदी अबको दुई वर्ष भित्रै सांलनमा ल्याउने योजना बनाएका छौँ। विशेष गरी सार्क सम्मेलन जस्तो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने हिसाबले बसोबास, खानपिन, इभेन्ट हल लगायत सेवा समावेश गरेका छौं।’ डाइरेक्टर थापाले भने।

लक्जरी रिसोर्टमा १२०० क्षमताको सभाहल हालसम्मकै सबैभन्दा ठूलो बन्ने उनको दाबी छ। ६३ रोपनी क्षेत्रफलमा रहेको रिसोर्टमा १४० लक्जरी रूम, १० वटा प्रेसिडेन्सियल स्वीट रुम, ११ वटा सर्भिस अपार्टमेन्ट रहने उनले बताए। उनका अनुसार यो होटलको आर्किटेक्ट डिजाइन सेलले गरेको छ भने इन्टेरियर डिजाइन वरिष्ठ इन्जिनियर सिद्धार्थ गोपालानले गरेका छन्।

६ अर्व लागत अनुमान गरिएको होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहेको छ भने  बाँकी ४९ प्रतिशत मध्ये १० प्रतिशत आइपिओमा जाने र भने ३९ प्रतिशत प्रमोटर सेयर संकलन भइरहेको उनले जानकारी दिए।

उनका अनुसार बाराही सेदी लिमिटेडले गत मंसिरदेखि न्युनतम १० लाख रुपैयाँबाट प्रमोटर शेयर लिन सुरू गरिसकेको छ भने  हालसम्म करिब २ सय जनाले कम्पनीको २३ प्रतिशत प्रोमोटर सेयर लिइसकेका छन्। बाँकी १६ प्रतिशतका लागि लगानी अझै खुल्ला रहेको  उनले बताए।

पोखराबाट सुरु भएको यो समुहले ‘गोल्डन ट्राङ्गल’ अवधारणा अन्तर्गत  काठमाडौँ-पोखरा-चितवनमा ‘प्रिमियम प्रोपर्टी’ मार्फत होटल तथा रिसोर्ट सेवा दिँदै आएको छ।

हस्पिटालिटीअन्तर्गत चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आभास पोखरा र बाराही काठमाडौं संचालनमा छन्।

यस्तै, ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लज समेत सञ्चालनमा ल्याएको छ ।

मनसुनको विशेष अफर

समुहअन्तर्गत सञ्चालित होटलमा विशेष मनसुन अफर पनि छ। यसअन्तर्गत चितवन मेघौलीमा रहेको बाराही जंगल लजमा २ रात तीन दिनको ३३ हजारको प्याकेज २३ हजार ५ सय रुपैयाँमा बिक्री सुरु गरेको छ।

पोखरा लेकसाइडमा रहेको होटल बाराहीमा जोडीका लागि २ रात ३ दिनको प्याकेज १९ हजार ९ सय ९९ रुपैयाँ लागू गरेको छ।

यसैगरी सराङकोट माउन्टेन लजमा दुई जनालाई एक रातको १४ हजारमा लक्जरी रुम सेवा बिक्री गरेको छ । 

यसैगरी आवास पोखरामा जोडीले छ हजार रुपैयाँमै एक रात डिलक्स रुम, ब्रेकफास्ट, रोमान्टिक क्याण्डिल लाइट डिनर र कपल्स केकको सेवा लिन सकिने जनाइएको छ।

हालै कान्तिपथमा सञ्चालन आएको होटल बाराही काठमाडौंमा २४ सय रुपैयाँमै ल्याभिस ब्रञ्च, अराउण्ड अफ ड्रिंक्ससहित स्विमिङ पुल प्रयोग गर्न सक्ने छन्। सन् २०२३ भर यो होटलमा ८ हजार रुपैयाँमै एक जोडीले रुम र ब्रेकफास्टसहितको सेवा लिन सक्ने कम्पनीले जनाएको छ।