अस्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

बिजमाण्डू
२०८० साउन ३१ गते १८:०८ | Aug 16, 2023
अस्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने
Photo: Reuters


अस्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको फाइनलमा पुगेको छ। अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप अन्तर्गत बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड फाइनलमा पुगेको हो।

Tata
GBIME

७५ हजार दर्शक उपस्थित खेलमा इङ्ल्याण्डले घरेलु टोलीमाथि ३-१ गोलको जित निकाल्यो। इङ्ल्याण्डले पहिलोपटक महिला विश्वकपको फाइनलमा स्थान बनाएको हो।

इङ्ल्याण्ड पहिलो हाफमा १-० गोलले अघि रह्यो। उसका लागि खेलको ३६ औँ मिनेटमा इल्ला टोनीले गोलको खाता खोलिन्। अस्ट्रेलियाकी साम केरले ६३ औँ मिनेटमा बराबरी गोल फर्काइन्। तर त्यसपछि इङ्ल्याण्डले दुई गोल थप्यो। ७१ औँ मिनेटमा लौरेन हेम्प र ८६ औँ मिनेटमा एलिसिया रुसोले गोल गरे। त्यसपछि थप गोल भएन। खेल इङ्ल्याण्डले ३-१ ले जित्यो।

यसअघि मंगलबार भएको सेमिफाइनल खेलमा स्वीडेनलाई २-१ गोलले हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको थियो।