नेपाल टेलिकमको नाफा घट्यो, बिक्री आम्दानी घट्दा नाफामा ७.८६% को गिरावट

बिजमाण्डू
२०८० साउन ३१ गते ०७:५९ | Aug 16, 2023
नेपाल टेलिकमको नाफा घट्यो, बिक्री आम्दानी घट्दा नाफामा ७.८६% को गिरावट


काठमाडौं। नेपाल टेलिकम (एनटीसी) को नाफा घटेको छ। कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो।

Tata
GBIME

बिक्री आम्दानी घट्दा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ७.८६ प्रतिशतले घटेको हो। कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

असार मसान्तसम्म कम्पनीको बिक्री आम्दानी ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँ छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.९४ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको बिक्री आम्दानी ३७ अर्ब ९१ करोड ९७ लाख थियो।

गत वर्ष कम्पनीको कुल आम्दानी ४४ अर्ब ४६ करोड छ। अघिल्लो वर्ष ४४ अर्ब ३७ करोड थियो। यस्तै, चुक्ता पुँजीमा १८ अर्ब छ भने जगेडा तथा कोषमा ७५ अर्ब ८२ करोड रकम सञ्‍चित छ।

त्यस्तै, नाफा घट्दा कम्पनीको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै घटेको छ। गत वर्षको कम्पनीको प्रतिसेयर आम्दानी ४३.३६ रुपैयाँ छ। अघिल्लो वर्ष ४७.०६ रुपैयाँ थियो।

यस्तै प्रतिसेयर नेटवर्थ पनि घटेको छ। हाल कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१.२७ छ। अघिल्लो वर्ष ५२८.१३ थियो।