ब्रेक शुमा भेटिएको सुनको तौल गालिसकेपछि ६०.७१६ किलो, गुणस्तरको रिपोर्ट एक साताभित्र

बिजमाण्डू
२०८० साउन ३० गते १४:५५ | Aug 15, 2023
ब्रेक शुमा भेटिएको सुनको तौल गालिसकेपछि ६०.७१६ किलो, गुणस्तरको रिपोर्ट एक साताभित्र


काठमाडौं। त्रिभुवन विमानस्थलबाट ब्रेक शुमा अवैधरुपमा भित्र्याइएको सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको छ।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले पगालेर तौलँदा सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको हो। सोमबार नपगाली जोख्दा सुनको तौल ६० किलो ७७९ ग्राम थियो। पगाल्दा जर्ती ६३ ग्राम मात्र गएको महाशाखाले जनाएको छ।

पगालेपछिको सुन ५ हजार २०७ तोला हो। आजको बजार मूल्य अनुसार यति सुनलाई ५७ करोड ९५ लाख ३९ हजार रुपैयाँ पर्छ।

महाशाखाले अब सुनको गुणस्तार जाँच्नेछ। एक साताभित्र गुणस्तर जाँचको नतिजा आइसक्ने महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भइसकेको अवस्थामा ब्रेक शु र सुन गरी १५५ किलो बरामद गरेको थियो। ब्रेक शुसहितको सुन विभागले साउन ४ गते महाशाखामा पठाएको थियो।