रिडी पावर कम्पनीले ५०% हकप्रद निष्कासन गर्न पायो पूर्व स्वीकृति, किन जारी गर्दैछ?

बिजमाण्डू
२०८० साउन ३० गते ११:२२ | Aug 15, 2023
रिडी पावर कम्पनीले ५०% हकप्रद निष्कासन गर्न पायो पूर्व स्वीकृति, किन जारी गर्दैछ?


काठमाडौं। रिडी पावर कम्पनीले हकप्रद निष्कासनका लागि पूर्व स्वीकृति पाएको छ। कम्पनीलाई विद्युत नियमन आयोगले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो।

Tata
GBIME

हाल कम्पनीको चुक्ता पुँजी १ अर्व ५४ करोड रहेको छ। आयोगले यसको १ बराबर ०.५० अनुपातमा हकप्रद निष्कासन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्ने आयोगबाट पूर्व स्वीकृति पाएको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रदका लागि अन्तिम स्वीकृति पाएपछि मात्र सर्वसाधरणमा सो सेयर जारी गर्ने छ। कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकले हकप्रद सेयर ल्याउने निर्णय गरेको थियो।

कम्पनीले उक्त हकप्रद सेयर रिडी पावरको लगानी तथा व्यवस्थापनबाट साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्व २० मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्व पूँजी व्यवस्थापन गर्न कम्पनीले हकप्रद सेयर ल्याउन लागेको हो।