नेप्से सूचकसँगै कारोबार पनि घट्यो, २ अर्ब ९ करोडको सेयर किनबेच, दुई कम्पनीमा सकारात्मक सर्किट

बिजमाण्डू
२०८० साउन २९ गते १५:५८ | Aug 14, 2023
नेप्से सूचकसँगै कारोबार पनि घट्यो, २ अर्ब ९ करोडको सेयर किनबेच, दुई कम्पनीमा सकारात्मक सर्किट


काठमाडौं। दिनभरजसो उतारचढावका बाबजुत सोमबार सेयर बजार परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से सूचक ३.६१ अंकले घटेको घटेर २०७७.२४ बिन्दुमा आइपुगेको छ।

Tata
GBIME
NLIC

लगानीकर्ता यतिबेला ब्याजदर घट्ने आशमा छ। बैंकहरुले अहिले कर्जा लगानीका लागि विभिन्न स्किम ल्याइरहेका छन्। ‘अहिले विभिन्न बैंकले कर्जा लगानीका लागि विभिन्न स्किम ल्याइरहेका छन्। बैंकमा अधिक तरलता छ। ब्याजदर अझै घट्छ भन्ने आशमा लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन्। त्यसैले नेप्से सामान्य अंकले घटेको हो’, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने।

नेप्से सूचकसंगै कारोबार पनि घटेको छ। आज २ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भयो। आइतबारको तुलनामा यो कारोबार रकम करीब १ अर्ब रुपैयाँ कम हो।

कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यो कम्पनीको ११ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। यस्तै सोल्टी होटलको १० करोड र घोराही सिमेन्टको ८ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बजार घटेपनि दोस्रो बजारमा आज कारोबार सुरु भएका दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। थ्री स्टार हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यस्तै सीवाईसी लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९० र इन्फिनिटी लघुवित्तको सेयर मूल्य ३८ रुपैयाँले बढेको छ।