पारामाउन्टले परीक्षणका लागि नेपाल ल्यायो एमजी-४ इभी, कस्तो छ गाडी ?

बिजमाण्डू
२०८० साउन २८ गते १५:२५ | Aug 13, 2023
पारामाउन्टले परीक्षणका लागि नेपाल ल्यायो एमजी-४ इभी, कस्तो छ गाडी ?


काठमाडौं। मोरिस ग्यारेज (एमजी) गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ह्याचब्याक इभी एमजी-४ नेपाल ल्याएको जनाएको छ।

Tata
GBIME

पारामाउन्टका महाप्रबन्धक सचिन अर्यालले अहिले यो  एमजी-४ इभी परीक्षणका लागि नेपालमा भित्र्याइएको बताए। उनका अनुसार यो गाडी १५० किलोवाट मोटर क्षमताको गाडी नेपाल आएको छ। यो गाडीलाई कम मोटर पावरमा नेपाल ल्याउने गरी कम्पनीमा प्रक्रिया सुरु गरिएको उनले बताए।

उनका अनुसार यसलाई स्ट्यान्डर्ड भेरियन्टमा नेपाल ल्याएर बिक्री गर्ने योजना रहेको छ। ५१ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री उपलब्ध हुने उनले बताए। यसले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज प्रदान गर्ने अर्यालको दावी छ। अहिले नेपाल आएको गाडी ६४ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा छ।

यसको ग्राउन्ड क्लिरेयन्स १६५ एमएम मात्र रहेको छ। जुन रेसिङ कारको रुपमा डिजाइन गरिएको छ। यसलाई सीटी कारको लागि राम्रो मानिएको छ। यो गाडीमा सनरुफ भने उपलब्ध नभएको अर्यालले बताए।

परीक्षणको प्रक्रिया सकिएपछि आगामी भदौ २६ मा हुन लागेको नाडा अटो शोमा राख्ने तयारीमा रहेको अर्यालले बताए।

यसमा पनि १०.२५ इन्चको कलर टचस्क्रिनसहित आईस्मार्ट युजर एप पनि उपलब्ध छ। यस्तै ७ इन्चको फुल डिजिटल ड्राइभर इन्फरमेसन डिस्प्ले पनि छ। रियर ह्वील ड्राइभमा उपलब्ध छ। इलेक्ट्रिक पार्किङ ब्रेक, १७ एलोय ह्वील्स, एमजी अटो पाइलट जस्ता फिचरहरु उपलब्ध छन्।