
काठमाडौं। ब्याज खर्च कटौती र पुँजीकृत भएको ब्याज समेत तिर्न नपरेपछि नेशनल हाइड्रोपावरले गत आर्थिक वर्ष ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो असारमा एक करोड ७४ लाख नोक्सानीमा रहेको कम्पनी यसपालि नाफामा गएको हो।
कम्पनीले गत आर्थिक वर्ष ४ करोड ६८ लाख रुपैयाँको विद्युत बिक्री गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षभन्दा ४.६८ प्रतिशत कम हो।
हाइड्रोपावरको ब्याज खर्च ५६.२३ प्रतिशत घटेको छ। असारसम्म २५ लाख १६ लाख रुपैयाँ भुक्तानी गरेको छ। जुन पोहोर ५७ करोड ४८ लाख रुपैयाँ थियो।
कम्पनीले एक करोड २९ लाख रुपैयाँ निर्माण क्रममा जम्मा भएको ब्याज खर्च पनि तिर्न नपर्ने देखाएको छ। यसले नाफामा मुख्य प्रभाव पार्यो। किनभने कम्पनीले आयोजना निर्माण गर्न लिएको ऋणको ब्याज पुँजीकृत गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रति सेयर आम्दानी ०.१४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १००.७१ रुपैयाँ कायम छ।
तल्लो इर्खुवा, तल्लो इन्द्रावती र इन्द्रावती तेस्रो गरी कम्पनीका तीन आयोजनाहरु छन्। जसमध्ये ७.५ मेगावाटको इन्द्रावती तेस्रोले व्यवसायिक उत्पादन थालिसकेको छ। १४.१४ मेगावाटको तल्लो इर्खुवा र साढे ४ मेगावाटको तल्लो इन्द्रावती दुवै निर्माणाधीन छन्।