जहाज बढाउँदै बुद्ध एयर, शुक्रबार नयाँ एटीआर थपिएपछि १६ पुग्ने

बिजमाण्डू
२०८० साउन २५ गते १८:०५ | Aug 10, 2023
जहाज बढाउँदै बुद्ध एयर, शुक्रबार नयाँ एटीआर थपिएपछि   १६ पुग्ने


काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले जहाज संख्या बढाउँदै लगेको छ। उसले शुक्रबार एटीआर-७२-५०० सिरिजको एउटा जहाज ल्याउन लागेको छ।

Tata
GBIME

नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि कम्पनीले नयाँ जहाज ल्याउन लागेको हो। जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

क्याप्टेन प्रमोद थापा र गौरव बोहराले ओमानको मस्कटबाट उडान गर्नेछन्। प्राधिकरणले थपिन लागेको जहाजलाई ९ एन-एएनडब्लु कलसाइन दिएको छ।               

बुद्ध एयरले हाल एटीआर-४२ सिरिजका ३ वटा र एटीआर-७२ सिरिजका १२ वटा जहाजमार्फत उडान गर्दै आएको छ। उसले दुईवटा विचक्राफ्ट जहाज भने विक्री गरिसकेको छ।