हलिउडको हड्तालले कलाकार नै समस्यामा, घर बेच्ने निर्णयमा पुगे बिली पोर्टर



बिजमाण्डू
२०८० साउन २५ गते १३:४१ | Aug 10, 2023
हलिउडको हड्तालले कलाकार नै समस्यामा, घर बेच्ने निर्णयमा पुगे बिली पोर्टर
Photo: CNN

केही महिनादेखि हलिउड लेखक र कलाकारहरु  हड्तालमा छन्। हड्तालकै कारण हलिउड उद्योगमा कामहरु ठप्प भएका छन्। यसैबीच चर्चित गायक तथा अभिनेता बिली पोर्टरले पैसाको अभावमा आफ्नो घर बेच्ने निर्णय लिएका छन्।

Tata
GBIME
Zonsen

राइटर्स गिल्ड अफ अमेरिका र स्क्रीन एक्टर्स गिल्ड यूनियनका सदस्यहरुको हड्तालले अहिले हलिउड ठप्प जस्तो भएको छ। कतिपय फिल्मको रिलिज नै पोस्टपोन्ड नै भएका छन्। फिल्म र सिरियल निर्माण रोकिएका छन् जसकारण कलाकारहरुले काम पाएका छैनन्। पोर्टरले भने यही हड्तालका कारण आफू घर बेच्न बाध्य भएको बताएका हुन्।

पोर्टलले भने, ‘यही हड्तालका कारण मैले यो कदम चाल्नुपरेको हो। आउँदो सेप्टेम्बरमा एउटा नयाँ फिल्म र टिभी कार्यक्रममा सहभागी हुने कुरा थियो, जुन अहिले भइरहेको छैन। मलाई थाहा छैन हामी कहिले काममा फर्कनेछौं।’

पोर्टलसहित धेरै कलाकारहरु हड्तालको कारण समस्यामा परेको बताइरहेका छन्।

स्क्रिन एक्टर्स गिल्डको अगुवाइमा सुरु भएको आन्दोलनमा स्ट्रिमिङ प्लेटफर्महरुलाई नाफामा सम्मान विभाजन र काम गर्ने उपयुक्त वातावरण सिर्जना गर्न माग गरिएको छ। गत मे महिनादेखि हडतालमा रहेका राइटर्स गिल्स अफ अमेरिकाका सदस्यसँग मिलेर उनीहरुले आन्दोलन गरिरहेका हुन्। राइटर्स गिल्ड अफ अमेरिकाले एलायन्स अफ मोसन पिक्चर र टेलिभिजन प्रोड्युसर्सविरुद्ध हड्ताल गर्दै आएको छ।

यस्तै, पारिश्रमिकमा समेत वृद्धि हुनुपर्ने उनीहरुको माग छ। साथै ‘रेसिड्युअल’ बारे पुन: विचार गर्न पनि माग गरेका छन् उनीहरुले। टेलिभिजन शो वा फिल्म फेरी प्रसारण गरेबापत कलाकारहरुले पाउने रकम ‘रेसिड्युअल’ हो।