ललिता निवास प्रकरण : पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बिजमाण्डू
२०८० साउन २४ गते १८:२८ | Aug 9, 2023
ललिता निवास प्रकरण : पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ।

Tata
GBIME
NLIC

जिल्ला अदालत काठमाडौंले आज निजहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई अनुमति दिएको हो।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सिआइबीले सरकारी कागजात कीर्ते र सङ्गठित अपराधमा निजहरूमाथि अनुसन्धान गरिरहेको छ।

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सिआइबीको हिरासतमा रहेका छन्।