नेपाल हाइड्रो डेभलपर्सको नाफा ९० प्रतिशतले बढ्यो, कमायो ३ करोड ८३ लाख

बिजमाण्डू
२०८० साउन २४ गते १२:०५ | Aug 9, 2023
नेपाल हाइड्रो डेभलपर्सको नाफा ९० प्रतिशतले बढ्यो, कमायो ३ करोड ८३ लाख


काठमाडौं। विद्युत बिक्री बढेपछि वृद्धि भएको ब्याज खर्चका बाबजुद नेपाल हाइड्रो डेभलपर्सको नाफा झन्डै दोब्बर भएको छ। 

Tata
GBIME

कम्पनीले गत आर्थिक वर्ष असार मसान्तसम्म ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९०.५५ प्रतिशत बढी हो। पोहोर २ करोड मात्रै नाफा गरेको थियो।

विद्युत बिक्री पोहोरभन्दा ६.७१ प्रतिशत बढेको छ। उसले गत आर्थिक वर्ष १० करोडको विद्युत बेचेको छ। संचालन खर्च सामान्य कटौती गरेको छ। पोहोर ९४ लाखमा सीमित ब्याज भुक्तानी रकम गत आर्थिक वर्ष १ करोड ४२ लाख रुपैयाँ नाघेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.४१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.७२ रुपैयाँ पुगेको छ।