मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो राष्ट्रिय साइबर सुरक्षा नीति २०८०, बैंकिङ कसुर विधेयक संसदमा पेस गरिने

बिजमाण्डू
२०८० साउन २३ गते १८:३७ | Aug 8, 2023
मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो राष्ट्रिय साइबर सुरक्षा नीति २०८०, बैंकिङ कसुर विधेयक संसदमा पेस गरिने


काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

Tata
GBIME
NLIC

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति स्वीकृति गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिने पनि सरकारले निर्णय गरेको जानकारी दिइन्।

यस्तै,  सरकारले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ।