काठमाडौंका अधिकांश नदी करिडोरको बाटो अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न ट्राफिकको अनुरोध

बिजमाण्डू
२०८० साउन २३ गते ०९:३६ | Aug 8, 2023
काठमाडौंका अधिकांश नदी करिडोरको बाटो अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न ट्राफिकको अनुरोध


काठमाडौं। गएरातिदेखि परेको पानीका कारण खोला करिडोरलगायतका स्थानहरुको सडक आवागमन रोकिएको छ। काठमाडौं उपत्यका भित्रका सडक व्यवस्थापनमा अवरोध भएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

Tata
GBIME

कार्यालयका अनुसार अविरल वर्षाको कारण कुपनडोल पुल मुनि, बल्खु पुल मुनि, सानेपा कालो पुल, कुलेश्वर-सानेपा, टंकेश्वर-परोपकार, ढल्कु पुल, भत्केको पुल, रातो पुल, सेतो पुल, कालो पुलको बाटोमा अवरोध पुगेको भन्दै वैकल्पिक बाटो प्रयोग गर्न भनेको छ।

यस्तै, गुहेश्वरी-गौरीघाट करिडोर,  कपन, दक्षिणढोका ढलाने पुल, युएन पुल र खहरे खोला करिडोर लगायतका स्थानहरुमा पानीको बहाव बढेकोले ट्राफिक व्यवस्थापनमा अवरोध पुगेको कार्यालयले जनाएको छ।