निरन्तरको झरीले काठमाडौंकै बस्तीमा खोला पस्ने त्रास, डुब्यो धुम्बाराही तरकारी बजार

प्रवीण रानाभाट
२०८० साउन २३ गते ०८:१६ | Aug 8, 2023
निरन्तरको झरीले काठमाडौंकै बस्तीमा खोला पस्ने त्रास, डुब्यो धुम्बाराही तरकारी बजार


काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभर गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण उपत्यकाका विभिन्‍न खोलामा पानी बहाव बढेको छ।

Tata
GBIME

पानीको बहाव बढेसँगै बस्तीहरु डुबानमा पर्ने त्रास बढेको छ। वर्षाको पानी निकास नहुँदा काठमाडौंको धुम्बाराहीस्थित तरकारी तरकारी बजार डुबानमा परेको छ।

यता, कपनको निलोपुल, सामाखुसी, वाग्मती खोला किनार डुबानमा परेको छ। त्यहाँ वरपर भएका मानिसहरुलाई सुरक्षित स्थानमा सर्न प्रहरीले माइकिङ गरिरहेको छ। हालसम्म कुनै मानविय क्षतिको खवर नआएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी दिनेश मैनालीले बताए।