सुनको कारोबार मूल्यमा झिनो गिरावट, चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमै स्थिर

बिजमाण्डू
२०८० साउन २२ गते १२:३८ | Aug 7, 2023
सुनको कारोबार मूल्यमा झिनो गिरावट, चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमै स्थिर


काठमाडौं। सुनको कारोबार मूल्यमा झिनो गिरावट छ। साताको पहिलो दिनका तुलनामा तोलामा १ सय रुपैयाँ घटेको छ।

Tata
GBIME

सोमबार सुनको कारोबार मूल्य १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबारका तुलनामा ३ सय बढेर आइतबार प्रतितोला १ लाख १२ हजार ५ सय भएको थियो।  

गत शुक्रबार भने सुनचाँदी अघिल्लै दिनको मूल्यमा स्थिर थियो। सुनको मूल्य गत बुधबारका तुलनामा २ सयको गिरावटपछि बिहीबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ भएको थियो। शुक्रबार र शनिवार सोही मूल्यमा स्थिर रहेर कारोबार भएको थियो।

चाँदीको कारोबार मूल्य गत प्रतितोला १४ सय २५ मा स्थिर छ। यो मूल्य गत बिहीबार कायम भएको हो। त्यअघि बुधबार प्रतितोला १४ सय ६० थियो। तीन सातामा चाँदी न्यूनतममा तोलाको १४ सय २५ बाट घटेर कारोबार मूल्य निर्धारण भएको छैन।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट छ। शुक्रबार प्रतिऔंस १९३४.०९ डलर रहेको सुन आइतबार बढेर १९४२.८ डलर पुगेको थियो। सोमबार प्रतिऔंस १९३७.१४ डलरले कारोबार भइरहेको छ।

चाँदी पनि घटेको छ। शुक्रबार २३.५ डलर रहेको चाँदी आइतबार २३.६३ डलर थियो। सोमबार २३.४७ डलर छ।