सोनापुर मिनरल्सको सेयर प्रिमियम मूल्यमा : प्रभावितलाई २२५ रुपैयाँ, रोजगारीमा गएकालाई थप मूल्य

बिजमाण्डू
२०८० साउन २१ गते ०८:३८ | Aug 6, 2023
सोनापुर मिनरल्सको सेयर प्रिमियम मूल्यमा : प्रभावितलाई २२५ रुपैयाँ, रोजगारीमा गएकालाई थप मूल्य

काठमाडौं। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर जारी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले  साउन २९ देखि भदौ ११ गतेसम्म सेयर जारी गर्नेछ। कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्न लागेको हो।

कम्पनीको जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ छ। यसको ४० प्रतिशत सेयर सर्वसाधारणसहित रोजगारीमा गएका र आयोजना प्रभावितहरुका लागि छुट्याइएको छ।

दाङ र रोल्पाका स्थानीयले १५ लाख ३७ हजार  ५२५ कित्ता सेयर पाउने छन्। उनीहरुले अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २२५ रुपैयाँका दरले सेयर पाउने छन्।

रोजगारीमा गएकाहरुका लागि १० लाख ७६ हजार २६८ कित्ता सेयर छुट्याइएको छ। अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर उनीहरुले २३७.५८ रुपैयाँका दरले सेयर पाउने छन्।

उनीहरुलाई सेयर बाँडफाँटपछिमात्रै आम सर्वसाधारणका लागि सेयर जारी गरिनेछ।