बढ्यो अमेजन अनलाइनको व्यापार, मन्दीबीच इ-कमर्स बजारलाई राहतसँगै सुधारको आस

बिजमाण्डू
२०८० साउन १९ गते ११:०६ | Aug 4, 2023
बढ्यो अमेजन अनलाइनको व्यापार, मन्दीबीच इ-कमर्स बजारलाई राहतसँगै सुधारको आस

अमेजन इ-कमर्सको व्यापारमा सुधार भएको छ। आर्थिक मन्दीका त्रासबीच सुस्ताएको इ-कमर्स व्यापार अहिले फेरि सुधारोन्मुख देखिएको हो।

Tata
GBIME
Nepal Life

जुन महिना यता अमेजनको अनलाइन प्लेटफर्ममा व्यापार वृद्धि भएको छ। एक वर्षमा ११ प्रतिशत बढी व्यापार पुर्‍याउने लक्ष्यलाई यसले सहयोग गर्ने अनुमान गरिएको छ। अमेजनको जुलाइ प्राइम डेमा हालसम्मकै उच्च व्यापार भएको कम्पनीले जनाएको छ। त्यसबेला ३ करोड ७५ लाख समानहरु बिक्री भएका थिए।

गत वर्ष कम्पनीलाई करिब २ अर्ब घाटा भएको थियो। यो वर्षमा भने कम्पनीले नाफाउन्मुख देखिएको छ।

पछिल्लो समय अमेरिकामा आर्थिक मन्दीको त्रासबिच अनलाइन व्यापार घटेको थियो। बैंकहरु ‘डिफल्ट’मा जाँदा क्रयशक्ति कमजोर भएको थियो। जसकारण इ-कमर्स बजार प्रभावित भएको थियो।

अमेजनको बढ्दो व्यापारले इ कर्मस बजारलाई राहत दिने विश्वास लिइएको छ।