अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो बन्यो नेपाल, ४५ देशलाई पछि पारे दुई नेपाली युवाले

बिजमाण्डू
२०८० साउन १८ गते १५:५५ | Aug 3, 2023
अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो बन्यो नेपाल, ४५ देशलाई पछि पारे दुई नेपाली युवाले


काठमाडौं। ग्रीसको भोलोसमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा दुई नेपाली युवाले तेस्रो स्थान हासिल गरेका छन्।

Tata
GBIME

जुलाइ २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौत सहभागी भएका थिए। उनीहरुले ब्रोन्ज मेडल जित्दै अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो स्थान हासिल गरेका हुन्।

यस अघिको संस्करणमा पनि नेपाली युवा अंकित सुवेदी र अजर गुरुङले तेस्रो स्थान नै ल्याएका थिए । त्यतिबेला ४२ ‍देशको सहभागिता रहेको थियो।

अहिले भने उक्त प्रतियोगितामा नेपाल सहित ४८ देशका विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमध्ये नेपाली युवाले ४५ देशलाई पछि पारेका हुन्।

उक्त प्रतियोगिताको विजेता भने क्यानडाका डेनियल जान र उपविजेता टर्कीएका अल्प एलचिन बने।

नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा २०२२ को डिसेम्बरमा र राष्ट्रिय प्रतिस्पर्धा २०२३ को फेब्रुअरीमा सम्पन्न भएको थियो।

जस मध्ये पाँच उत्कृष्ट प्रतिस्पर्धीहरु अनुभव ढुङगाना, अनुष्का सुवेदी, भागर्भ चटौत, भिक्टर हमाल र मयंक शंकर झाले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिएका थिए।

ती मध्ये हमाल र चटौतले तेस्रो स्थान हाँसिल गर्दै ब्रोन्ज मेडल ल्याएको नेपाल इकोनोमिक्स ओलम्पियाडका निर्देशक तथा टिम लिडर दिपक भण्डारीले बताए।