लिबर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि आयोगबाट पायो पूर्व स्वीकृति

बिजमाण्डू
२०८० साउन १८ गते १३:१४ | Aug 3, 2023
लिबर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि आयोगबाट पायो पूर्व स्वीकृति


काठमाडौ। लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्राप्त गरेको छ।

Tata
GBIME

विद्युत् नियमन आयोगको साउन १५ गतेको निर्णयले कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो। कम्पनीले साउन ८ गते हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृतिका लागि आयोगमा निवेदन पेस गरेको थियो।

लिबर्टी २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक हो। कम्पनीले आयोगबाट हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ५० करोडको ५० प्रतिशत अर्थात ७५ करोड रकम बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको हो।

विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको यस कम्पनीले निष्कासनको अन्तिम स्वीकृतिका लागि बोर्डमा निवेदन दिने छ। बोर्डबाट स्वीकृति भई साधारणसभाले अनुमोदन गरेपछि मात्र कम्पनीले सो हकप्रद सर्वसाधरणमा निष्कासन गर्ने छ।

लिबर्टी इनर्जीले लोडो खोला स्मल हाइड्रोपावर, बडिगाड खोला हाइड्रोपावर र अपर दोर्दी ‘ए’ हाइड्रोपावर जस्ता योजनाहरुको प्रवर्द्धन गरिरहेको छ।