१० लाख कित्ता आईपीओ निष्काशन गर्दै आईएमई लिमिटेड, बोर्डमा दियो निवेदन

बिजमाण्डू
२०८० साउन १८ गते १२:३५ | Aug 3, 2023
१० लाख कित्ता आईपीओ निष्काशन गर्दै आईएमई लिमिटेड, बोर्डमा दियो निवेदन

काठमाडौं। नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशनका लागि निवेदन दिएको छ।

Tata
GBIME

कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले असार २९ गते नै बोर्डमा निवेदन दिएको थियो।

बोर्डका अनुसार कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर मात्र निष्काशन गर्ने छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत हुन्।

आईएमई लिमिटेडले विश्‍वभर स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ। आईएमईको विश्‍वव्यापी पहुँचका कारण विश्‍वका २ सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ।