मारुतीले टोयोटा र सुजुकीको बजारका लागि इभी ल्याउने, गुजरात प्लान्टबाट ‘इभीएक्स’

बिजमाण्डू
२०८० साउन १७ गते १२:०७ | Aug 2, 2023
मारुतीले टोयोटा र सुजुकीको बजारका लागि इभी ल्याउने, गुजरात प्लान्टबाट ‘इभीएक्स’


काठमाडौं। भारतको ठूलो सवारी उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले पनि विद्युतीय मोडल उत्पादन गर्ने भएको छ। मारुतीले विश्‍वबजारमा टोयोटा र सुजुकीको हिस्सालाई ध्यानमा राखेर विद्युतीय गाडी उत्पादन गर्ने भएको हो।

Tata
GBIME

मारुतीले सुजुकीको पहिलो इभी एसयूभी ‘इभीएक्स’ मोडल बजारमा ल्याउने भएको छ। उक्त गाडी गुजरात प्लान्टबाट २०२५ सम्ममा उत्पादन सुरु गरिसक्ने कम्पनीले जनाएको छ। मारुती सुजुकी इन्डिया लिमिटेडले इभी उत्पादनको लागि सुजुकी मोटर कर्पोरेसनबाट गुजरात प्लान्टको लिने भएको छ।

प्लान्टको स्वामित्व लिने निर्णयलाई कम्पनीको सञ्‍चालक समितिले अनुमोदन गरेको छ। यसअघि अल्पसंख्यक सेयरधनीको स्वीकृतिसहित सबै कानुनी र नियामकको अधीनमा स्थानान्तरण गरिने विज्ञप्तिमा भनिएको छ।

मारुती सुजुकीको पहिलो वर्न-इलेक्ट्रिक इभी टोयोटा (कोडनेम: वाईभी८) सँग संयुक्त रूपमा विकसित भई यो प्लान्टबाट २०२५ सम्ममा सार्वजनिक हुने योजना छ। यो प्लान्ट मारुतीको पहिलो इभी उत्पादन गर्ने बेस बन्ने छ।

भारतमा सुजुकीको ग्लोबल प्रोडक्सन ६० प्रतिशत हुने गरेको छ। यसले गर्दा भारत अब सुजुकीको इभी उत्पादनको लागि पनि ठूलो प्लाटफर्म हुने भएको छ।

यसका सबै विद्युतीय एसयूभी भारतमा बनाइनेछ र सुजुकीका साथै टोयोटा उत्पादनको रूपमा बिक्री गर्न विदेशमा निर्यात गरिनेछ। टोयोटाले यो इभीको आफ्नै संस्करण भारतमा पनि बेच्ने छ, तर यसले मारुती संस्करणको बजार प्रक्षेपणलाई पछ्याउनेछ।

सुजुकी मोटर गुजरात सन् २०१४ मा स्थापन गरिएको थियो र यो प्लान्टले भारत र अन्तर्राष्ट्रिय बजारहरूमा बिक्री हुने धेरै मारुती सुजुकी मोडलहरूको सेग्मेन्ट उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्लान्टले हाल वार्षिक ७ लाख ५० हजार युनिट उत्पादन गर्दछ। यो क्षमतालाई कम्पनीले सन् २०३०/३१ सम्म ४ लाखले बढाउने योजना बनाएको छ।