२ करोड लगानीमा ‘कार्साङ’ निर्माण हुने, सुरक्षा पन्त भइन् अनुबन्धित‍

बिजमाण्डू
२०८० साउन १६ गते १४:११ | Aug 1, 2023
२ करोड लगानीमा ‘कार्साङ’ निर्माण हुने, सुरक्षा पन्त भइन् अनुबन्धित‍


काठमाडौं । अभिनेत्री सुरक्षा पन्त फिल्म ‘कार्साङ’ मा अनुबन्धित भएकी छिन्। यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन्।

Tata
GBIME
NLIC

यम शेर्पाको निर्देशन रहने फिल्मको मुख्य भूमिकाका लागि यसअघि दयाहाङ राई, बुद्धि तामाङका साथै नवनायिका छिरिङ शेर्पा अनुबन्धित भइसकेका छन्। शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो।

झण्डै दुई करोड लगानीमा बन्ने फिल्म शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुनेछ। फिल्मका अन्य कलाकार अडिसनमार्फत चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए।

फिल्मको छायांकन तिहारपछि बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा गरिने निमार्ण पक्षले जनाएको छ। फिल्ममा निर्देशक शेर्पाको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ। यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।

‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै महँगो रकममा बिक्री पनि भइसकेको छ। यो फिल्मलाई अन्तराष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको हो। ओभरसिज राइट्स विक्री भएसँगै नेपाल र विदेश एकसाथ फिल्मलाई प्रदर्शन गर्ने निर्देशक शेर्पाले बताए।