एन्ड्रोइड भर्सनमा आयो च्याट जीपीटीको एप, ‘प्रि अर्डर’ गरेकाले डाउनलोड गर्न सक्ने

बिजमाण्डू
२०८० साउन १६ गते ११:४८ | Aug 1, 2023
एन्ड्रोइड भर्सनमा आयो च्याट जीपीटीको एप, ‘प्रि अर्डर’ गरेकाले डाउनलोड गर्न सक्ने

च्याट जीपीटीको एन्ड्रोइड भर्सन एप लन्च भएको छ। आइओएस प्रयोगकर्ताका लागि भने मे महिनामै एप लन्च भइसकेको थियो।

Tata
GBIME
NLIC

गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सकिन्छ। तर, अहिले भने ‘प्री अर्डर’ गरेका प्रयोगकर्ताहरुको मोबाइलमा मात्रै एप डाउनलोड हुनेछ। केही समय पश्चात सबैले एप डाउनलोड गर्न सक्नेछन्।

च्याट जीपीटीले हामीले खोजेको उत्तर सजिलै दिने भएकाले यसको वेब भर्सन निकै चर्चित भएको थियो।