हकप्रद जारी गर्न लागेको अपर तामाकोशीले डाक्यो साधारणसभा, छैनन् खासै ठूला एजेण्डा

बिजमाण्डू
२०८० साउन १६ गते ०९:३७ | Aug 1, 2023
हकप्रद जारी गर्न लागेको अपर तामाकोशीले डाक्यो साधारणसभा, छैनन् खासै ठूला एजेण्डा


काठमाडौं। शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ।

Tata
GBIME

कम्पनीले भदौ ६ गतेका लागि १५औं वार्षिक साधारणसभा डाकेको हो।

सभामा खासै महत्त्वपूर्ण एजेण्डा छैनन्। नियमित एजेण्डा लगिने भएको छ।

वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको पारिश्रमिकलाई एजेण्डाका रुपमा राखिएको छ। विशेष प्रस्ताव भनेर सामाजिक संस्थाहरुलाई गरिएको आर्थिक सहयोग अनुमोदनलाई राखिएको छ।