बीवाइडीले ठूलो संख्यामा एटो-३ नेपाल पठाउँदै, सडकमा इभीको संख्या अझ बढ्ने

बिजमाण्डू
२०८० साउन १५ गते १२:४८ | Jul 31, 2023
बीवाइडीले ठूलो संख्यामा एटो-३ नेपाल पठाउँदै, सडकमा इभीको संख्या अझ बढ्ने


काठमाडौं। चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी बीवाइडीले नेपालका लागि ठूलो संख्यामा एटो-३ पठाउन लागेको छ।

Tata
GBIME

सामाजिक सञ्जाल फेसबुकमा बीवाइडीको एसिया प्यासेफिकले नेपालका लागि पठाउन तयारीमा राखेको एटो-३ को तस्वीर पोस्ट गरेपछि जानकारी बाहिरिएको हो।

कम्पनीले नेपालको बजारलाई प्राथमिकताका साथ हेरेको फेसबुक पोष्टले देखाउँछ। फोटोमा विभिन्न कलर भेरियसनका गाडीहरु तयारी अवस्थामा राखिएको देखिन्छ।

बीवाइडीले हिमाली भेग हुँदै नेपाल डेलिभरी हुन लागेको गाडीलाई ‘एक्साइटिङ जर्नी’का रुपमा व्याख्या गरेको छ।

चिनियाँ गाडीहरु पछिल्लो समय केरुङ नाका हुँदै नेपाल भित्रिने गरेका छन्। नेपालमा बीवाइडीका गाडीहरुको माग राम्रो छ।

फोटो बीवाइडीको एसिया प्यासेफिकबाट

नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अहिले एटो-३ लाई प्राथमिकतामा राखेर बिक्री गरिरहेको छ।