२ खर्ब १४ अर्ब लगानीको प्रस्तावसहित ३२२ उद्योग दर्ता, साढे २३ हजारलाई रोजगारी

बिजमाण्डू
२०८० साउन १३ गते १७:३६ | Jul 29, 2023
२ खर्ब १४ अर्ब लगानीको प्रस्तावसहित ३२२ उद्योग दर्ता, साढे २३ हजारलाई रोजगारी


काठमाडौं। गत आर्थिक वर्ष स्वदेशी र विदेशी गरी ३२२ उद्योग दर्ता भएका छन्। २ खर्ब १४ अर्ब लगानीको प्रस्तावसहित ती उद्योग दर्ता भएका हुन्।

Tata
GBIME

उद्योग विभागका अनुसार ठूला ६६, मझौला ७० र साना १८६ उद्योग दर्ता भएका छन्। तिनले २३ हजार ३ सय २४ जनालाई रोजगारी दिने भनेका छन्। औद्योगिक व्यवसाय ऐन, २०७६ ले ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला, १५ करोडदेखि ५० करोडसम्मकालाई मझौला र १५ करोडसम्म स्थिर पूँजी भएकालाई साना उद्योगका रुपमा वर्गीकरण गरेको छ।

विभागले गत वर्ष ३३ अर्ब १४ करोड रुपैयाँ बराबर विदेशी लगानीका ३२७ प्रस्ताव स्वीकृत गरेको जनाएको छ। विभागमा गत वर्ष पाँच प्याटेन्ट, १८ डिजाइन र ३ हजार २५४ ट्रेडमार्क दर्ता भएका छन्।

विभागबाट गत वर्ष ८२ उद्योगले प्रारम्भिक वातावरणीय परीक्षणको स्वीकृति लिएका छन् भने ४०४ उद्योगले निर्यातमा नगद अनुदान लिनका लागि मूल्य अभिवृद्धि (भ्यालु एडिसन) प्रमाणित गराएका छन्।