सरकारले संसदलाई बिजनेस दिन नसकेको रविको आरोप, सुन प्रकरणबारे के भने?

बिजमाण्डू
२०८० साउन १३ गते १५:२६ | Jul 29, 2023
सरकारले संसदलाई बिजनेस दिन नसकेको रविको आरोप, सुन प्रकरणबारे के भने?


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा पुगेका उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरेका हुन्।

Tata
GBIME

लामिछानेले भने, ‘भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ। केही राम्रा संकेत पनि देखिएका छन्। तर ति पर्याप्त छैनन्।’

सरकारको मूल्यांकन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए।

सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने सम्भावना रहेकोसमेत बताए।