लसुनको न्यूनतम मूल्य २१० रुपैयाँ, यस्तो छ आज कालीमाटीमा तरकारीको थोक मूल्य

बिजमाण्डू
२०८० साउन १३ गते ०८:५२ | Jul 29, 2023
लसुनको न्यूनतम मूल्य २१० रुपैयाँ, यस्तो छ आज कालीमाटीमा तरकारीको थोक मूल्य


काठमाडौं। कालीमाटी बजार विकास समितिले शनिबारको लागि तरकारीको थोक मूल्य तय गरेको छ।

Tata
GBIME

शनिबार ठूलो गोलभेडा (नेपाली) को न्यूनतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ र अधिकतम ११० रुपैयाँ कायम भएको छ।

त्यस्तै, सानो गोलभेडा (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकतम मूल्य ४५ रुपैयाँ तय भएको छ। सानो गोलभेडा (टनेल)को न्यूनतम थोक मूल्य ५८ रुपैयाँ छ भने अधिकतम मूल्य ७२ रुपैयाँ रहेको छ।

रातो आलुको न्यूनतम थोक मूल्य ४८ रुपैयाँ र अधिकतम मूल्य ५० रुपैयाँ कायम हुँदा भारतीय रातो आलुको न्यूनतम मूल्य ३६ रुपैयाँ र अधिकतम मूल्य ३८ रुपैयाँ पुगेको छ।

आज स्थानीय काउली (ज्यापु)को न्यूनतम थोक मूल्य ८० रुपैयाँ र अधिकतम मूल्य ९० रुपैयाँ रहेको छ। रातो मुलाको न्यूनतम मूल्य ३० रुपैयाँ र अधिकतम मूल्य ४० रुपैयाँ पुगेको छ।

रायोको सागको न्यूनतम थोक मूल्य ८० रुपैयाँ र अधिकतम मूल्य ९० रुपैयाँ रहेको छ। लसुनको न्यूनतम मूल्य २१० रुपैयाँ छ भने अधिकतम मूल्य २२० रुपैयाँ तय भएको छ।

कालीमाटीमा आजको तरकारीको थोक मूल्य

स्रोत : कालीमाटी बजार विकास समिति