जगदम्बा मोटर्सले टिभीएसका बाइक र स्कुटरको मूल्य बढायो, कुन मोडलमा कति बढ्यो?

बिजमाण्डू
२०८० साउन १२ गते १२:२१ | Jul 28, 2023
जगदम्बा मोटर्सले टिभीएसका बाइक र स्कुटरको मूल्य बढायो, कुन मोडलमा कति बढ्यो?

काठमाडौं। टिभीएसका दुई पाङ्ग्रे सवारीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना बाइक र स्कुटरको मूल्य बढाएको छ। कम्पनीले टिभीएसका बाइक र स्कुटर गरी ७ वटा मोडलको मूल्य बढाएको हो।

Tata
GBIME
NLIC

कम्पनीले नेपालमा अहिले चलिरहेको आरटीआर २०० एबीएस एफआई मोडलको मुल्य १३ हजार रुपैयाँले बढाएको छ।कम्पनीले केही महिना अगाडि मात्रै बाइक र स्कुटरहरुको मूल्य बढाएको थियो।

यसअघि ४ लाख ११ हजार ९०० मा बिक्री हुँदै आएको आरटीआर२०० एबीएस एफआईको नयाँ मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ।

टीभीएसको प्राय सबै मोडलका स्कुटर एनटर्क एक्सपी, एनटर्क रेस बीएस६ र एनटर्क ड्रममा ४ हजार रुपैयाँका दरले मूल्य बढेको कम्पनीले जनाएको छ। यी स्कुटरहरुको नयाँ मूल्य ३ लाख २० हजार ९००, ३ लाख ५ हजार ९०० र २ लाख ३६ हजार ९०० रुपैयाँ कायम गरिएको छ।

यस्तै सबैभन्दा कम आरटिआर१६० फोरभी ३ हजार रुपैयाँले मूल्य बढाएको कम्पनीले प्रकाशित गरेको नयाँ मूल्यसूचीमा उल्लेख छ।

यसअघि ३ लाख १२ हजार ९०० रुपैयाँ निर्धारण गरिएको आरटिआर१६० फोरभीको नयाँ मूल्य ३ लाख १५ हजार ९०० रुपैयाँ भएको कम्पनीले जनाएको छ। यसैको टुभी भेरियन्टको भने नयाँ मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ कायम भएको छ।

आरटिआर १६० फोरभी एफआईमा ९ हजार बढेर ३ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि उक्त बाइकको मूल्य ३ लाख ८३ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको थियो।