
काठमाडौं। बुधवार सुन तोलामा ५०० रुपैयाँले बढेको छ। सुनको मूल्य बुधवार १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार सुन तोलामा २०० रुपैयाँले बढ्दा कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढेको छ। तोलामा १० रुपैयाँ बढ्दै चाँदीको मूल्य १४ सय ६५ पुगेको छ।
मंगलबार ५ रुपैयाँ घट्दै चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन बढ्ने क्रममा प्रतिऔंस १९६९.४९ डलर पुगेको छ। चाँदी प्रतिऔंस २४.७ डलरमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतिऔंस १९६२.४९ डलर र चाँदी २४.५६ डलर आसपासमा कारोबार भएको थियो।