नेपाल एसबीआई बैंकले साउन १८ गतेबाट २ अर्बको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै

बिजमाण्डू
२०८० साउन १० गते ०८:५१ | Jul 26, 2023
नेपाल एसबीआई बैंकले साउन १८ गतेबाट २ अर्बको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै


काठमाडौं। नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले कुल २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो।

Tata
GBIME
NLIC

१० वर्ष अवधिको सो ऋणपत्र २०८९ मा परिपक्क हुनेछ। जस बापत बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने जनाएको छ।

बैंकले २० लाख कित्तामध्ये ६० प्रतिशत व्यक्तिगत तबरबाट बिक्री गर्दैछ। एक अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बैंकले यसरी बेच्‍न लागेको हो।।

४० हजार कित्ता सामूहिक लगानी कोषलाई पनि छुट्याएको छ। बाँकी ७ लाख ६० हजार कित्तामा सर्वसाधरणले आवेदन दिन मिल्छ। ऋणपत्र १००० रुपैयाँको दरले निष्कासन हुँदैछ।

यसमा न्यूनतम २५ कित्ता आवेदन दिन मिल्छ। नभए सम्पूर्ण कित्ता पनि किन्न मिल्छ।

बैंकले साउन १८ गतेबाट बिक्री खुलाउँदैछ। छिटोमा साउन २२ गतेसम्म आवेदन दिनुपर्नेछ, नभए ३२ गतेसम्म लम्बिनेछ।