च्यासलमा चिनियाँ नेता च्युन र ओलीबीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

बिजमाण्डू
२०८० साउन ९ गते १३:०१ | Jul 25, 2023
च्यासलमा चिनियाँ नेता च्युन र ओलीबीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ।

Tata
GBIME
NLIC

एमाले पार्टी कार्यालय च्यासलमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमाले पार्टी कार्यालयले जनाएको छ।

ओली हिजोमात्रै कम्बोडियाबाट स्वदेश फर्किएका थिए।

तीन दिनको नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका पोलिटब्यूरो सदस्य युआन नेतृत्वको प्रतिनिधिमण्डलले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको थियो।