जयराम केसी जसले पूर्वआइजीदेखि सिडिओ बनेर ठगिरहे, बुढानिलकण्ठमा डब्लुएफपीको नक्कली कार्यालय

बिजमाण्डू
२०८० साउन ८ गते २०:४४ | Jul 24, 2023
जयराम केसी जसले पूर्वआइजीदेखि सिडिओ बनेर ठगिरहे, बुढानिलकण्ठमा डब्लुएफपीको नक्कली कार्यालय

काठमाडौं। काठमाडौंको बुढानिलकण्ठमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय खोलेर केही समयदेखि ठगी गरेको पाइएको छ।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी परिसर काठमाडौं र महाजगञ्ज वृत्तको संयुक्त अपरेसनमा लामो समयदेखि ठगी गर्दै आएका दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोक घर भएका ४७ वर्षीय जयराम केसी र लिला बहादुर भोलोनलाई नियन्त्रणमा लिएको हो। त्यस्तै अन्य दुई जना दिपेश गुरुङ भन्ने भीम भोलोन र मिलन तामाङ फरार रहेका छन्।

उनीहरूले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ मा विष्णुबहादुर गुरुङको साढे २ तले घर भाडामा लिएर धन्धा चलाएका थिए।

जसमा जयरामले आफूलाई कार्यालय प्रमुख/ उपसचिव बताउँथे। त्यस्तै शाखा अधिकृत पेम्बा तामाङ राखिएको थियो।
उनीहरूले कर्मचारी भर्नाको लागि नक्कली कर्मचारी बनेर नक्कली डब्लुएफपीको नक्कली कागजपत्र बनाएको भेटिएको थियो। उनीहरूले राष्ट्रिय दैनिकमा टेन्डर आह्वानको लागि विज्ञापन समेत छापेका थिए।

जेठ १ गते स्थापना भएको कार्यालयमार्फत विभिन्न फर्निचर र खाद्य सामाग्रीको खरिद गर्न बोलपत्र आह्वान समेत गरेका थिए। बोलपत्र स्वकृत भई सामान खरिद समेत गरेका थिए।

समूहलाई शंकर अर्यालले गाडी भाडामा दिएका थिए। जसको भाडा ६ लाख १२ हजार रुपैयाँ देखिएको थियो। त्यस्तै हरिप्रसाद अर्यालबाट ४८ लाख) बोलपत्र स्वीकृत गरी, डेस्कटप, कम्प्युटर गरेर ६ लाख ३६ रुपैयाँ बराबरको सामान लगिसकेका देखिएको थियो।

प्रहरीको अनुसन्धानमा केसीले आफूलाई तराईका जिल्लामा पूर्व आइजी, पूर्व सिडिओ, सचिव बताउँदै ठगी गरेको खुल्न आएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।