
काठमाडौं। कोका-कोला इन्डियाले अजय विजय बथिजालाई फ्रेन्चाइज अपरेसन फर साउथवेस्ट एसियाको उपाध्यक्षमा नियुक्त गरेको छ। कोका-कोलासँग अजयको करिब २४ वर्षको अनुभव जोडिएको छ। उनले कम्पनीसँग आबद्ध भएर लामो समय मार्केटिङ तथा फ्रेन्चाइजमा अनुभव बटुलेको कम्पनीले जनाएको छ।
सन् १९९९ मा अजयले हिन्दुस्तान कोका-कोला वेभरेज प्रालि र फ्रन्टलाइन सेल्स टिमसँग आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। उनी सन् २००५ मा स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रको लागि रिजनल म्यानेजर पनि थिए। उक्त भूमिकामा उनले भोल्युम ड्राइभ गर्न सेल्स अपरेसन र रुट-टु-मार्केट रणनीतिको नेतृत्व गरेको बताइएको छ।
उनी कोलाजका लागि मार्केटिङ डाइरेक्टरको रूपमा भारत फर्के र ‘सेयर अ कोक’ अभियानको नेतृत्व गरेको कम्पनीले जनाएको छ। उनले सफलतापूर्वक कोका-कोला जिरो सुगर पहिलोपटक भारत र दक्षिणपश्चिम एसियाली बजारमा ल्याएका थिए। उनले एकीकृत मार्केटिङ अभियानमार्फत थम्स अपलाई पुनरुत्थान गर्न पनि महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।
सन् २०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजरको रूपमा अजयले विश्वव्यापी रूपमा द कोका-कोला कम्पनी भित्र बंगलादेशलाई कोका-कोलाको शीर्ष तीनवटा बजारमध्ये एक बनाउन बोटलिङ पार्टनरहरूसँग नजिक रहेर काम गरेका थिए। सन् २०२० मा उनी फ्रन्टलाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टर हुन पुगे, जहाँ उनले पोर्टफोलियो स्ट्राटेजी कार्यान्वयन गरेको बताइएको छ।
बंगलादेशमा कम्पनीको सबैभन्दा चर्चित म्युजिकल फ्रेन्चाइजी ‘कोक स्टुडियो’ सफलतापूर्वक सुरु उनैले गरको कम्पनीले जनाएको छ।
भारत र दक्षिणपश्चिम एसियाका प्रेसिडेन्ट संकेत रेले भने- ‘व्यवसायको बुझाइ र विकासको मानसिकताका साथ, अजयसँग व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रमाणित ट्र्याक रेकर्ड छ। हामी आशावादी छौं कि उहाँको असल व्यावसायिक कौशलता र सहयोगी दृष्टिकोणले उहाँले दक्षिणपश्चिम एसियाली क्षेत्रमा यस संगठनको उद्देश्यलाई अगाडि बढाउनुहुनेछ।’