
काठमाडौं। ललिता निवास प्रकरणका आरोपित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। यसअघि समातिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी कलाधर देउजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। देउजा यसअघि अदालतको अन्तरिम आदेशका कारण रिहा भएका थिए।
शुक्रबार सर्वोच्चले २०७९ साउन १९ मा जारी अन्तरिम आदेश खारेज गरेलगत्तै देउजा पक्राउ परेका हुन्। देउजा असार १२ मा पक्राउ परेर सोही दिन रिहा भएका थिए।
देउजासहित १७ जनाले अन्तरिम लिएका थिए। उक्त आदेश शुक्रबार खारेज भएको हो।