एनआइसी एसिया बैंक २६ वर्षमा, अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा दिने

बिजमाण्डू
२०८० साउन ५ गते १२:५९ | Jul 21, 2023
एनआइसी एसिया बैंक २६ वर्षमा, अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा दिने


काठमाडौं। एनआइसी एसिया बैंक २६ वर्षमा पुगेको छ। २६ वर्षअघि सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ बैंक स्थापना भएको थियो।

Tata
GBIME

‘हाम्रो आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २६औं वार्षिकोत्सव मनाउन गइरहेका छौ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उनले भनेका छन्- नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं र जे छौं त्यसको सम्पूर्ण श्रेय ग्राहकलाई नै जान्छ।

उनले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने बताए।