अर्बको सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक चार दिनअघि आएका थिए नेपाल

बिजमाण्डू
२०८० साउन ४ गते १७:३१ | Jul 20, 2023
अर्बको सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक चार दिनअघि आएका थिए नेपाल


काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले पक्राउ गरेको चिनियाँ नागरिक लिन जेछियाङ चार दिनअघि नेपाल आएको खुलेको छ।

Tata
GBIME

झण्डै सय किलो सुन प्रकरणमा सोझो कनेक्सन भएका उनी पटकपटक नेपाल आएको देखिएको कार्यालयका एक कर्मचारीले बताए। ‘पक्राउ परेका लिन धेरै पटक नेपाल आएको देखिएको छ,’ उनले भने, ‘सुनका मुख्य गिरोह रहेको केही आधारहरु पनि भेटिएका छन्।’

पक्राउ परेका चिनियाँ नागरिक राजस्व अनुसन्धान विभागलाई हस्तान्तरण गरिसकिएको ती कर्मचारीले बताए। बुधबार नै प्रहरीले सामान बरामद गरेको ट्याक्सीका चालक, भन्सार एजेन्ट लागयत ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि नेपाल आएको देखिएको छ।

विभागको टोलीले यस घटनामा अन्यको पनि संलग्नता रहेकाले खोजी गरिरहेको छ।