४ दिन ८१ अंकले बढेको सेयर बजार अन्तिम कारोबार दिन सामान्य घट्यो, कसले कमाए?

बिजमाण्डू
२०८० साउन ४ गते १५:३७ | Jul 20, 2023
४ दिन ८१ अंकले बढेको सेयर बजार अन्तिम कारोबार दिन सामान्य घट्यो, कसले कमाए?

काठमाडौं। साताको चार दिन निरन्तर सकारात्मक देखिएको सेयर बजार परिसूचक अन्तिम दिन बिहीबार घटेर बन्द भएको छ। नेप्से परिसूचक आज १.३१ अंकले घट्यो।

Tata
GBIME
NLIC

आइतबारदेखि बुधबारसम्म ८०.९४ अंकले बढेको बजार आज सामान्य अंकले घटेको हो। कारोबार सुरु भएलगत्तै १४ अंकले बढेर २१७९ बिन्दुमाथि पुगेको परिसूचक अन्तिममा घटेर २१६३.९२ बिन्दु कायम भयो। सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले बढेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्ड, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य, होटल तथा पर्यटन र फाइनान्स उपसमुह घटेका छन्। बाँकी उपसमूहको सूचक बढेको छ।

‍विशाल बजार कम्पनीका लगानीकर्ताले आज १० प्रतिशत नाफा बुक गरेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७२ रुपैयाँ बढेको छ। यस्तै बोटलर्स नेपाल तराईको सेयर मूल्य पनि प्रतिकित्ता १ हजार १४५ रुपैयाँ बढेको छ।

आज ३ अर्ब ५ करोड रुपैयाँ बराबकरो सेयर किनबेच भयो। बुधबारको तुलनामा यो कारोबार रकम २९ करोड कम हो।

कारोबार रकमका आधारमा आज पनि शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। कम्पनीको १४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। यस्तै सोल्टी होटलको ९ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।