६ विकेट लिएका भुर्तेलको ७१ रन: ब्याटिङ नसम्हालिँदा यूएई ‘ए’ लाई हराउन नेपालको संघर्ष

बिजमाण्डू
२०८० साउन ३ गते १६:१८ | Jul 19, 2023
६ विकेट लिएका भुर्तेलको ७१ रन: ब्याटिङ नसम्हालिँदा यूएई ‘ए’ लाई हराउन नेपालको संघर्ष


काठमाडौं। एसीसी प्रिमियर कपमा नेपालले आफ्नो अन्तिम खेलमा सान्त्वना जित निकालेको छ। कोलम्बोस्थित पी सारा ओभलमा सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा यूएईलाई ३ विकेटले हराउँदै नेपालले प्रतियोगितामा सान्त्वना जित निकालेको हो।

Tata
GBIME

जितका बावजुत नेपाल सेमिफाइनलको होडबाट बाहिरिसकेको छ। समूह ‘बी’ बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा नेपाल र यूएई एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेका थिए।

इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका ‘ए’ टोलीले खेल्नेछन्। त्यस्तै नेपालसहित यूएई, अफगानिस्तान र ओमन प्रतियोगिताबाट बाहिरिएका छन्।

यूएईको इनिङ्स, भुर्तेलको बलर ‘अवतार’

उमेर समूहमा हुँदा बलरको समेत भूमिका निभाएका कुशल भुर्तेलले भने सिनियर टोलीमा ओपनिङ ब्याट्सम्यानका रुपमा स्थान बनाए। ओपनिङमा नेपाल लगातार ‘फ्लप’ भइरहँदा तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोरले भुर्तेल र आशिफ शेखलाई नयाँ ओपनिङ जोडीको रुपमा अघि सारेका थिए। नेपाली टोलीको मुख्य ओपनर अझै यी दुई खेलाडी हुनुले उनको कदम सही बन्यो भन्ने देखाउँछ। उसो त भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय र टी २० आईमा पनि नेपालका लागि विकेट लिइसकेका छन्। उनले ओडीआईमा ४ र टी २० आईमा एक विकेट लिएका छन्।

पछिल्लो समय बलिङमा खासै नदेखिएका भुर्तेलले इमर्जिङ एसिया कपको अन्तिम खेलमा भने अवसर पाए। र, आफ्नो भूमिकालाई सानदार ढंगले निभाउँदै १० ओभरमा ४० रन दिँदै महत्वपूर्ण ६ विकेट लिए।

टस जितेर ब्याटिङमा उत्रिएको युएईले ४५ औँ ओभरको समाप्तिमा अलआउट हुँदै १५७ रन बनाएको थियो। ओपनर लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाएर खेलिरहँदा ब्रेकथ्रू दिलाएका भुर्तेलबाहेक श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १ विकेट लिए।

५२ रनबनाएका लभप्रीतसहित १८ रन बनाएका इथन सउजा र १६ रन बनाएका अशवन्त वलथापाको विकेट पनि भुर्तेलले लिएका थिए। १४ रन बनाएका आर्यन्स शर्माललाई कुशल मल्लले पवन सर्राफबाट क्याच आउट गराउँदा १३ रन बनाएका जस जिनयानीलाई श्याम ढकालले क्याच आउट गराए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

यूएईको इनिङ्स, भुर्तेलकै सानदार ब्याटिङ

जवाफी ब्याटिङमा उत्रिएको नेपालले पहिलो बलमै विकेट गुमायो। यूएईका मोहम्मद जवादुल्लाको बलमा विकेटकिपर तथा ओपनर अर्जुन साउद गोल्डन डकआउट भए। तर, दोस्रो विकेटका लागि भने नेपालको तर्फबाट लागि प्रतियोगितामै ठूलो साझेदारी बनाए। भुर्तेलले देव खनालसँग मिलेर ७७ बलमा ९८ रनको साझेदारी गरे। यसक्रममा भुर्तेलले सर्वाधिक ७१ रन बनाउने क्रममा ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै खनाल र सन्दीप जोराले समान २४ रन बनाउँदा  त्यसपछिको ब्याटिङ अर्डर भने धर्मरायो। ११ रन बनाएका गुलसन झा आउट हुँदा १४९-५ को अवस्थामा रहेको नेपालले ९ रन बनाउन थप २ विकेट गुमायो।

बलिङतर्फ यूएई ‘ए’ का मोहम्मद फराजुद्धिनले सर्वाधिक ५ विकेट लिँदा मोहम्मद जवादुल्लाले २ विकेट लिए।