बैंकहरूको नाफा ६७ अर्ब २३ करोड, जेठमा थपियो १० अर्ब, नबिलको ७ अर्बमाथि

बिजमाण्डू
२०८० साउन ३ गते १६:१८ | Jul 19, 2023
बैंकहरूको नाफा ६७ अर्ब २३ करोड, जेठमा थपियो १० अर्ब, नबिलको ७ अर्बमाथि


काठमाडौं। वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। जेठ महिनामै बैंकहरूले १० अर्ब रुपैयाँ नाफा बढाएको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्ष वैशाखसम्म बैंकहरूले ५७ अर्ब १६ करोड रुपैयाँ कमाएका थिए।

Tata
GBIME

बैंकहरुको नाफा अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा भने १.७५ प्रतिशत मात्र बढी हो। आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा बैंकहरुले ६६ अर्ब रुपैयाँ खुद नाफा गरेका थिए।

गत आर्थिक वर्ष जेठसम्म नबिल बैंक एक्लैको नाफा ७ अर्ब ११ करोड रुपैयाँ छ। बढी नाफाका आधारमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ। उसले साढे ६ अर्ब रुपैयाँ खुद नाफा गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड, एनआईसी एसिया बैंकले ४ अर्ब ६३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन्। बाँकी सबैको नाफा ४ अर्बभन्दा कम छ। 

सबैभन्दा कम नाफा कृषि विकास बैंकको छ। उसले १ अर्ब ५६ करोड रुपैयाँ मात्र कमाएको छ। पुछारबाट दोस्रोमा सनराइज बैंक छ । उसले १ अर्ब ५९ करोड नाफा गरेको छ।

बैंकखुद नाफा (रु करोडमा)
नबिल ७११.३६
ग्लोबल आईएमई ६५०.६३
नेपाल इन्भेष्टमेन्ट मेगा ४७६.५१
एनआईसी एशिया४६३.१०
राष्ट्रिय वाणिज्य४४७.३४
एनएमबी३३२.७३
हिमालयन ३२९.९०
प्राइम कमर्सियल३२१.६४
स्टयाण्डर्ड चार्टर्ड३११.४०
ने‍पाल३०७.६२
एभरेष्ट३०६.६३
कुमारी२९५.८४
प्रभु२८९.५२
सानिमा२२५.८७
सिद्धार्थ२२२.५८
नेपाल एसबीआई२०९.१८
लक्ष्मी१६८.८८
माछापुच्छ्रे १६८.११
सिटिजन्स इन्टरनेसनल१६८.०४
सनराइज१५९.८७
कृषि विकास१५६.३९
कुल६७२३.१५